नारायणहिटिभित्र रेष्टुरेन्ट बनाउन दिने प्रक्रिया छालबिन गर्न समिति गठन, को-को छन् सदस्य ?

काठमाडौं । मन्त्रिपरिषदको निर्णयबमोजिम संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्टलगायत व्यवसाय गर्न बतास समूहलाई दिने प्रक्रियाको छानबिन गर्न समिति गठन गरेका छन् ।

मन्त्री आलेले बिहीवार पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन् ।

समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य छन् ।

समितिलाई तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.