काठमाडौं । राष्ट्रिय सभाको बैठक पुन: सरेको छ ।
शुक्रबार संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी सो जानकारी दिएका हुन् ।
विशेष कारणवश बैठक तोकिएको समयमा बस्न नसक्ने भएकाले दुई दिनपछि सारिएको सो सूचनामा उल्लेख छ ।
यसअघि पुस २५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुस २७ गते दिउँसो १ बजेका लागि सारिएको हो ।
यसअघि पुस २२ गते बोलाइएको प्रतिनिधिसभाको बैठक पनि पुस २८ गतेका लागि सारिएको छ ।