अन्तर्राष्ट्रिय समिति भंग गर्दै मिश्रसँग भट्टले गरे सम्बन्धविच्छेदको घोषणा

काठमाडौं । विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भंग गरेको घोषणा भएको छ । पार्टीको मिलन पाण्डे समूहका समितिका संयोजक सुरेश भट्टले अन्तर्राष्ट्रिय समिति भंग गर्दै अध्यक्ष रवीन्द्र मिश्रसँग पनि सम्बन्धविच्छेदको घोषणा गरेका छन् । 

‘विवेकशील साझाको अन्तर्राष्ट्रिय समितिले रविन्द्र मिश्र नेतृत्वको राप्रपा छिर्न उद्दत् समूहसँग सम्बन्ध विच्छेदका साथै पार्टीका समस्त राष्ट्रिय सद्भाव समूहहरुसँगै अन्तर्राष्ट्रिय समिति समेत भंग भएको घोषणा गर्दछु’, भट्टको विज्ञप्तिमा भनिएको छ । 


विवेकशील पार्टीमा पछिल्लो समय वैचारिक मतभिन्नता आउँदा चर्को अन्तरविरोध रहेको छ।  मिश्रको संघीयता र गणतन्त्र विरोधी डकुमेन्ट पास भएपनि मिलन पाण्डे समूहले विरोध गर्दै आएको थियो । यही विवादका बीच मिश्र समूहले पाण्डेलाई निष्काशनको घोषणा गरेको थियो । हाल मिश्रले राप्रपासँग एकीकरण वार्ता थालेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.