काठमाडौं । उपत्यकाका तीन जिल्ला प्रमुखले सर्वपक्षीय बैठक बोलाएका छन् ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाले छुट्टाछुट्टै आज सर्वपक्षीय बैठक बोलाएका हुन् ।
छुट्टा छुट्टै सर्वपक्षीय बैठक बसेपछि सकेसम्म आजै नसके भोलि तीन जिल्लाको संयुक्त बैठक बसी साझा धारणा बनाउने तयारी भइरहेको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले कोरोना संक्रमणको अवस्था र खोप कार्यक्रमलाई लक्षित गरी आज दिउँसो साढे २ बजे बैठक बोलाएको जानकारी दिए ।
कोरोनाको संक्रमण बढ्दै गएपछि दुई दिनअघि सीसीएमसीको बैठक बसेको थियो ।
यद्यपि उक्त बैठकका निर्णय सार्वजनिक भएका छैनन् । बैठकपछि स्वास्थ्य मन्त्रालय र सिसिएमसीले अहिलेसम्म कुनै नयाँ निर्णय वा निर्देशन जारी गरेका छैनन् ।