काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारबाट विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को सिफारिसपछि मन्त्रालयले मंगलबारबाट विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
आइतबार सिसिएमसीले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
विद्यालयहरुले दिने वार्षिक विदामा मिलान गर्नेगरी पुस २७ बाट माघ १५ गतेसम्म विदा दिने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।
