आधा जनसंख्याले लगाए कोरोना खोपको पहिलो डोज

काठमाडौ ।  नेपालमा करिब आधा जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाई सकेका छन्  । याे  कुल जनसंख्याको ५०.२ प्रतिशत हो। 

यसैगरी १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनाले पूरा डोज लगाएका छन्। जुन कुल जनसंख्याको ३७.३ प्रतिशत हो। 

तर लक्षित जनसंख्यामध्ये ७६.५ प्रतिशतले पहिलो डोज लगाएका छन्।

सरकारले खोप अभियान सुरू गर्दा १८ वर्षमाथि उमेर भएकाहरूलाई लक्षित जनसंख्यामा राखेको थियो। केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा १८ वर्षमाथिका जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेको छ। 

यो हिसाबले १८ वर्ष माथिका १ करोड ५१ लाख ८० हजार ६ सय ८८ जनाले खोपको पहिलो डोज लगाइ सकेका छन्। अब करिब ४८ लाख जनाले मात्र खोप लगाउन बाँकी छ।  त्यसमध्ये कति विदेशमा रहेकाले पनि खोप लगाउन बाँकी अझै कम हुन सक्छन  । १८ वर्ष माथिका ५६९ प्रतिशत मानिसहरूले भने खोपको पूरा डोज लगाएका छन्। अर्थात १८ वर्ष माथिका १ करोड १३ लाख ३५ हजार ७ सय ११ जनाले पूरा डोज लगाएका छन्। 

मन्त्रालयकै तथ्यांक अनुसार नेपालमा हालसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.