भिरबाट लडेर एक जनाको ज्यान गयो

तेह्रथुम ।  फेदाप गाउँपालिका भिरबाट लडेर एक जनाको ज्यान गएको छ । फेदाप गाउँपालिका-१ मा रहेको भिरबाट लडेर ५५ बर्षका लैनबहादुर  लिम्बूको बुधबार ज्यान गएको हो ।

डकर्मी कामका लागि लाम्थुङ्गा गएका लिम्बू घर फर्कने क्रममा भोगटेनीस्थित कालीदह भिरमा खसेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बुधवार बिहान अबेरसम्म लिम्बू घर नआएपछि परिवार र छिमेकीले खोजतलास गर्दा उनलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याइएको  छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.