दाङमा ट्याक्टरसँग अटो ठोक्किँदा एक जनाको मृत्यु

दाङ ।  ट्याक्टरसँग अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार राति  दाङको तुलसीपुरबाट हेकुलीतर्फ जाँदै गरेको रा. १ ह २९६६ नम्बरको अटो रोकिराखेको रा. १ त  २८२२ नम्बरको ट्रयाक्टरसँग ठोक्किँदा दंगीशरण–४ बस्ने ५० वर्षीय दिपक बुढाथोकीको मृत्यु भएको हो ।

त्यसैगरी, दुर्घटनामा परी अटो चालक दंगीशरण–३, हेकुली बस्ने २७ वर्षीय मनीष चौधरी घाइते भएका छन् ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.