मोटरसाइकलले  ठक्कर दिँदा:   ज्येष्ठ नागरिकको मृत्यु

झापा ।  झापाको भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलले  ठक्कर दिँदा  गए राति एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ  । 

भद्रपुर–४ स्थित भद्रपुर–बनियान भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ४४१९ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते जगतबहादुर कार्कीको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको  थियो। घटनामा संलग्न मोटरसाइकल  चालक कचनकवल–७ का माधवप्रसाद राजवंशी प्रहरीको नियन्त्रणमा रहेका  छन् । 

 


© 2021 Quicknepal.com  |  All Rights Reserved.