नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने

काठमाडौं । आइतबार मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जान लागेको  परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका  अनुसार औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली आइतबार अफगानिस्तानको राजधानी काबुल जान लागेको हो । 

अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही संगठन तालिबानले  शासन सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संकट देखिएको समाचारहरु सार्वजनिक भएका  छन्  ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.