आजबाट कोरोनाविरुद्धको बुस्टर डोज अभियान सञ्चालन हुँदै

काठमाडौं । आजबाट देशभर कोरोनाविरुद्धको बुस्टर डोज अभियान सञ्चालन हुने भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेखेर अग्रपंक्तिमा खटिनेहरुलाई कोरोनाविरुद्ध बुस्टर अभियान सञ्चालन गर्न निर्देशन दिएसँग सो अभियान सञ्चालन हुन लागेको हो ।

साथै सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.