फिल्म हल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । कोरोन भाइरसको नयाँ भेरियन्टले आक्रमक रुप लिदैँ गएपछि सरकारले फेरि फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले विभिन्न क्षेत्रलाई आधार मानेर नयाँ मापदण्ड सार्वजनिक गरेको छ ।

सार्वजनिक नयाँ मापदण्ड अनुसार फिल्म हल र फिटनेश क्लव माग १५ गतेसम्म बन्द गर्ने सरकारले निर्णय गरेको हो । यस्तै सरकारले सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसका लागि नयाँ मपदण्ड सार्वजनिक गरेको छ । 

जसअनुरुप अब उल्लेखित स्थानमा एक पटकमा २५ जनाभन्दा बढी  प्रवेश गर्न पाउनेछैनन् । र, प्रवेश गर्दा अनिवार्य रुपमा मास्को प्रयोग गर्नुपर्नेछ । 

साथै पार्टी प्यालेस विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न जिल्ला प्रशासनबाट पूर्वस्वीकृति पनि लिनुपर्नेछ । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.