स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाउन स्थानीय तह छाता संगठनको संयुक्त माग (विज्ञप्तिसहित)

काठमाडौं । स्थानीय तहका छाता संगठनले स्थानीय तहको निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन् । 

सोमबार नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र जिल्ला समन्वय समिति महासंघले संयुक्त वक्तव्य विज्ञप्तिमार्फत सो माग गरेका हुन् । 

साथै उनीहरुले संविधानतः निर्वाचित स्थानीय तहहरूको कार्यकाल समाप्त हुँदै गरेको र संविधानले जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको भन्दै निर्वाचन प्रक्रिया सुरू गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

‘निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमशः २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भएकाले दोश्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रक्रिया सुरू गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौं’, संयुक्त वक्तव्यमा भनिएको छ ।

dfsdfsd.jpg

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.