काठमाडौं । प्रदेश-२ को स्थायी राजधानी जनकपुर कायम भएको छ ।
सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले जनकपुरको पक्षमा मतदान गरेपछि सो प्रदेशको राजधानी जनकपुर कायम भएको हो ।
प्रदेश -२ मा कुल १०४ जना सांसद थिए । प्रदेशको नाम कायम राख्नका लागि यसअघि ३ चैत २०७६ पनि मतदान भएको थियो । तर, त्यतिखेर सो विषय टुंगिन सकेको थिएन ।