काठमाडौं । सर्वोच्च अदालतका कर्मचारीलाई कोरोना संक्रमण भएपछि पूर्ण बैठकका लागि पत्राचार गरिएको छ । अदालतका ३५ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।
उनले अन्य ३०भन्दा बढी कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएको, स्वाब परीक्षण गराएर घरमा बसिरहरेकाे बताए ।
कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि मंगलबार दिउँसो पूर्ण बैठक बस्ने तयारी भएको छ । फूल कोर्ट बस्नका लागि सबै न्यायाधीशहरुलाई पत्राचार गरिएको प्रवक्ता ढकालले जानकारी दिए ।
उनले बैठक सेवा कटौतीको विषयमा केन्द्रित हुने बताए । न्यायाधीशहरुको विरोधका कारण फूल कोर्ट बैठकमा प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित हुने छैनन् ।
न्यायाधीशहरूको बैठक बसेर निर्णय गरेपछि अन्तिममा जबराले हस्ताक्षर गर्नेछन् ।