काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले धेरै देशका लागि ओमिक्रोन चुनौतीपूर्ण हुन सक्ने बताएका छन् ।
ओमिक्रोमले विश्वभर आफ्नो पकड बनाइरहेका बेला महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले नियमित प्रेस ब्रिफिङमा बोल्दै सो बताएका हुन् ।
कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले यसअघिको भेरिएन्ट डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता गर्न नहुने सो क्रममा उनले बताए ।
'ओमिक्रोनका कारण मानिसहरु अस्पताल भर्ना भइरहेका छन् र मृत्यु पनि भइरहेको छ । यो पहिलेको भेरिएन्टभन्दा कम जटिल प्रकारको संक्रमण गराए पनि यसका कारण स्वास्थ्य पूर्वाधारमा ठूलो दबाब सिर्जना गरिरहेको छ,' उनले भने ।