काठमाडौं । सरकारले कोरोना परीक्षण शुल्क घटाएको छ ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार अब सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ ।
त्यसैगरी, अरुका लागि ८०० रुपैयाँ लाग्नेछ । यसअघि सरकारले एक हजार लिँदै आएको थियो ।
यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।