लोकसेवा आयोगका सबै परीक्षा माघ मसान्तसम्म स्थगित

काठमाडौं । लोकसेवा आयोगका सबै लिखित परीक्षा माघ मसान्तसम्म स्थगित भएका छन् ।

कोरोना संक्रमण बढेपछि आयोगको आज बसेको नियमित बैठकले सो निर्णय गरेको हो ।

आयोगका प्रवक्ता तोयानाथ दाहालले कोरोना संक्रमण दिनानुदिन बढेको बताउँदै सोबाट संक्रमण फैलिने कुरालाई आँकलन गर्दै आजको बसेको आयोगको नियमित बैठकले सो निर्णय गरेको जानकारी दिए ।

आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका  छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.