मन्त्री र सचिवबाटै  कोरोना संक्रमितलाई यातना

काठमाडौं । गठबन्धन सरकारका वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव र मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेलले कोरोना संक्रमित पदाधिकारीलाई यातना दिएको तथ्य सार्वजनिक भएको छ । 

कोरोना सक्तमित भई स्वास्थ्य लाभ गरिरहेका पदाधिकारीलाई ज्यानलाई जस्तोसुकै जोखिम भएपनि कार्यालयमा उपस्थित हुन धम्की नै दिएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले बताए ।

पौडेल बुधवारदेखि कोरोना संक्रमित भई उपचाररत छन् । कोरोना संक्रमणको सूचना मन्त्रालयलाई दिएपनि बनमन्त्री यादव र सचिव कँडेलले लगातार फोन गरेर कार्यालयमा हाजिर भएर पत्र बुझन धम्की दिएको उनले क्विक नेपाललाई बताए । 

समितिका अध्यक्ष पौडेललाई समितिको काम र प्रतिवेदन वारे लगातार पत्र पठाएर स्पष्टिकरण सोध्दै आएको मन्त्रालय स्रोतले जनाएको छ ।

उक्त समितिबाट पौडेललाई हटाउन लागि परेको मन्त्री र सचिवले यसरी अमानवीय तरिकाले विरामी रहेका पदाधिकारीलाई धम्की दिएर उपस्थित हुन उर्दी नै जारी गरेको छ । मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेसँग क्विक नेपालले यसवारेमा थप जानकारी लिन खाज्दो आफु यस विषयमा बेखर रहेको बताए । 

अध्यक्ष पौडेलको पिसिआर रिपोर्ट

kiran.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.