काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीको नाममा सम्बोधन गर्दै एक बर्ष भित्रै तीनै तहको निर्वाचन गर्ने प्रतिवद्धता जनाएका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले निर्वाचनलाई मध्य नजर गर्दै एक बर्षभित्र सकिने गरि तयारी गर्ने बताएका हुन् ।
निर्वाचन आयोगले आगामी बैशाखमा निर्वाचन गर्न सरकालाई सिफरिस गरेको थियो । आगामी बैशाखमा स्थानीय तहको निर्वाचन गर्नै पर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको मिति सार्वजनिक गर्नुपर्ने बेलामा पनि मिति अन्यौल हुने गरि एकै बर्ष भित्र तीनै तहको निर्वाचन गर्ने अभिव्यक्ति दिनु निर्वाचनबाट भाग्न लागेको भन्दै प्रतिपक्ष दलले आलोचना गरेका छन् ।
सरकारको काँधमा तीनै तहको निर्वाचन गर्नुपर्ने बाध्यता आएको भन्दै त्यसको लागि सबै पक्षले तयारी थाल्न भन्दै प्रधानमन्त्री देउवाले एक बर्षको समयसिमा तोकेका हुन् ।