तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे माओवादी स्थायी कमिटीको छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा छलफल गरेको छ ।


आज बसेको पार्टीको स्थायी कमिटी बैठकमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्ने विषयमा छलफल भएको हो ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल भएको र आजै बस्ने संयन्त्रको बैठकमा पनि छलफल गरिने बताए ।

संयन्त्रको बैठकमा छलफल भएपछि मात्रै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने उनको भनाई छ ।

अहिले सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन् ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.