बैंकहरुले ६ महिनामै कमाए ३३ अर्ब, ग्लोबल आइएमई सबैभन्दा अगाडि

काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामै बाणिज्य बैंकहरुले अर्बौ नाफा कमाएको छ । गत बर्षको तुलनामा बैंकहरुको नाफा वृद्धिदर बढेको छ । चालु आर्थिक बर्षको ६ महिना भित्र २६ वटा बैंकहरुले ३३ अर्ब ४६ करोड ७१ लाख ९४ हजार रुपैयाँ कमाएका हुन् ।

अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा यस बर्ष नाफा वृद्धदर ७.७० ले बढी छ । सबेभन्दा बढि कमाउने बैंकमा ग्लोबल आईएमई बैंक  छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ६६ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ । गत बर्ष बैंकले वर्षको ६ महिनामा २ अर्ब ३१ करोड रुपैयाँ कमाएको थियो । 

दोस्रो नम्बरमा एनआईसी एसिया बैंक देखिएको छ । व्यवसाय विस्तारमा निकै आक्रामक रुपमा प्रस्तुत हुने गरेको यस बैंकले नबिल र राष्ट्रिय वाणिज्य बैंकलाई समेत उछिनेको छ । एनआईसी एसिया बैंकले २ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

यसैगरी नबिल बैंकले ६ महिनामा २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ९२ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । 

कुन बैंकले कति कमाए ?

बैंकको नाम        पुस २०७८ (रू.) पुस २०७७ (रू.)
ग्लोबल आईएमई २ अर्ब ६६ करोड २ अर्ब ३१ करोड
एनआईसी एशिया २ अर्ब ४० करोड २ अर्ब ६ करोड
नबिल २ अर्ब १८ करोड २ अर्ब १ करोड
राष्ट्रिय वाणिज्य १ अर्ब ९२ करोड १ अर्ब ७५ करोड
एनएमबि १ अर्ब ७१ करोड १ अर्ब ६१ करोड
प्राइम  कमर्सियल १ अर्ब ६८ करोड १ अर्ब ८१ करोड
नेपाल इन्भेष्टमेन्ट १ अर्ब ६२ करोड १ अर्ब ५८ करोड
सिद्धार्थ १ अर्ब ५८ करोेड ९१ करोड ८७ लाख
कृषि विकास १ अर्ब ४२ करोड १ अर्ब ३२ करोड
नेपाल बैंक १ अर्ब ४१ करोड १ अर्ब ३५ करोड
मेगा १ अर्ब ४० करोड १ अर्ब ३० करोड
प्रभु १ अर्ब २६ करोड १ अर्ब ५१ करोड
सिटिजन्स १ अर्ब २४ करोड ८७ करोड ५२ लाख
स्टाण्डर्ड चार्टर्ड १ अर्ब ९ करोड ७२ करोड ७६ लाख
सानिमा १ अर्ब ८ करोड १ अर्ब ६ करोड
माछापुच्छ्र्रे १ अर्ब १ करोड ८० करोड २७ लाख
कुमारी ९५ करोड १ अर्ब २१ करोड
एनसीसी ९० करोड ६१ करोड ४० लाख
एभरेष्ट ८३ करोड ८९ लाख ९६ करोड १९ लाख
लक्ष्मी ८१ करोड ७४ लाख ८० करोड ७१ लाख
नेपाल बंगलादेश ८१ करोड ११ लाख ९४ करोड १२ लाख
नेपाल एसबीआई ७८ करोड २८ लाख ५१ करोड ४८ लाख
सनराइज ७४ करोड ५५ लाख ९४ करोड ९४ लाख
सेञ्चुरी ७२ करोड २१ लाख ४६ करोड ६५ लाख
बैंक अफ काठमाण्डू ७१ करोड ९३ लाख ७० करोड ८५ लाख
सिभिल ५० करोड ४० लाख २० करोड २८ लाख
जम्मा     ३३ अर्ब ४६ करोड ७२ लाख            ३१ अर्ब ७ करोड ३२ लाख

© 2021 Quicknepal.com  |  All Rights Reserved.