काठमाडौं । पशुपति क्षेत्र विकास कोष र बतास समूहबीच पशुपति क्षेत्रमा धर्मशाला सञ्चालनका लागि भएको सम्झौता रद्द हुने भएको छ ।
सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलमा बसेको कोषको बैठकले पशुपतिमा बतास समूहलाई धर्माशाला सञ्चालन गर्ने निर्णय रद्द गर्ने निर्णयसँगै सो सम्झौता रद्द हुने भएको हो ।
यसअघि मन्त्री आलेले पशुपति धर्मशालको निरीक्षण गरेका थिए । साथै उनको निर्देशनबमोजिम बनेको समितिले प्रतिवेदन पनि सार्वजनिक गरिसकेको थियो ।