सलमान सोनाक्षीसँग विवाह गर्दैछन् ? 

काठमाडौं । बलिउडका सुपरस्टार सलमान खानको प्रेम र विवाह वारे सबैभन्दा खबरहरु बाहिरि आउने गर्दछ । प्रेम सम्बन्धको वारेमा सायद बलिउडमै सबैभन्दा बढि चर्चा सलमानको हुने गर्छ ।

सलमानको जिन्दगिमा न त पैसाको खाँचो छ न त फ्यानको नै । सलमानको नाम कयौं अभिनेत्रीहरुसँग पनि जोडिँदै आइरहेको हुन्छ । हालै सलमानको बिवाहको प्रसंगले बलिउड तातेको छ । 

बलिउड मिडियाका अनुसार सोनाक्षी सिन्हाका बुबा शत्रुघन सिन्हाले सलमान खानको घरमा बिवाहको प्रस्ताव पठाएका थिए । जसको जवाफमा सलमान खानका पिता सलिम खानले एक सर्त राखेका छन् । 

उनले भनेका छन्, बलिउड अभिनेत्रीलाइ बुहारी बनाउन हामीलाइ कुनै समस्या छैन । तर सोनाक्षी हिन्दु धर्मावलम्वी हुन र सलमान मुस्लीम धर्म मान्छन् त्यसैले सोनाक्षीले मुसलमान रितिरीवाजमा बिवाह गर्नुपर्ने छ । यदि यस सर्तमा तपाइहरु राजी हुनुहुन्छ भने म छोरा सलमान सँग कुरा गर्ने छु ।

यसमा हालसम्म सोनाक्षीका बुवाको कुनै जवाफ नआएको बलिउड मिडियाले जनाएको छ । सलमानले पनि यस विषयमा कुनै धारणा सार्वजनिक गरेका छैनन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.