काठमाडौं । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सरकार र मन्त्री रेणु कुमारी यादवको विरुद्वमा देशब्यापी प्रदर्शन गरेको छ ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्वि, स्थानीय तहको निर्वाचनको मिति तोक्न गरेको ढिलाई र मन्त्री रेणु कुमारी यादवले सिके राउतलाई खुल्लेआम ज्यान मार्ने धम्की दिएको भन्दै युवा संघ नेपालले त्यसको बिरोधमा देशब्यापी प्रदर्शन गरेको प्रचार प्रसार विभागका प्रमुख महाराज गुरुङले बताए ।
युवा संघले केहीदिन अघिदेखी प्रदर्शन जारी राखेको छ । काठमाडौं उपत्यकासहित धादिङ, चितवन, मकवानपुर, काभ्रे, कास्की, रुपन्देही, सुर्खेत र मधेश प्रदेशमा युवा संघ नेपालले प्रदर्शन गरेको थियो ।
बिहीवार रसुवा, रामेछाप, झापा, सिन्धुपाल्चोक, कालिकोटलगायतका जिल्लाहरुमा युवा संघले प्रदर्शन गरेको छ । प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहनदेखि नारा जुलुस गरेको छ । कतै भने कोण सभाको आयोजना गरेको छ ।
मापसे सरकार मुर्दावाद, रेणुकुमारी यादव लाई बर्खास्त गर, पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्दि फिर्ता गर, स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर, लिपुलेक,कालापानी र लिम्पियाधुरा फिर्ता गर लगायतका नाराहरु संघले प्रदर्शनमा प्रयोग गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।



