काठमाडौं । सत्ता गठबन्धनको बैठकमा स्थानीय तहको चुनावबारे सहमति हुन नसके पछि पुन: बैठक बस्ने भएको छ।
शनिबार प्रधानमन्त्री निवासमा बसेको गठबन्धनको छलफलमा स्थानीय तहको चुनावबारे सहमति हुन नसकेपछ पुन गठबन्धनको बैठक बस्ने भएको हो ।
निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार दबावमा छ ।