काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले जुनसुकै तहको चुनावमा आफूहरु जान तयार रहेको बताएका छन् ।
शनिबार राजधानीमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
राजधानीमा आयोजित नेकपा एसनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘हामी चुनावबाट भागेका छैनौँ । जुनसुकै समयमा चुनाव भए पनि सामना गर्न तयार छौँ,’ सो क्रममा उनले भने ।
तर, सो क्रममा उनले चुनावसम्म अहिलेको पाँच दलीय गठबन्धन कायम हुनपर्नेमा जोड दिए । सोही क्रममा उनले एमाले गठबन्धन भत्काउने प्रयासमा लागेको आरोप लगाउँदै भने, ‘ गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ ।’