सत्ता गठबन्धन टिकाउन स्थानीय चुनाव सार्नु अवैधानिक

काठमाडौं । संविधानविदहरुले सत्ता र शासकीय सुविधा वा कुनै दलको स्वार्थलाई हेरेर स्थानीय चुनाव सार्न खोज्नु गैर संविधानीक मात्र नभई संविधानलाई खतरामा पार्न काम भएको बताएका छन् । 

प्रेस चौतारी नेपालले शनिबार राजधानीमा आयोजना गरेको स्थानीय तह निर्वाचन संवैधानिक र कानुनी व्यवस्था विषयक अन्तर्किया कार्यक्रममा बोल्दै संविधानविद् अधिवक्ता टीकाराम भटराईले सत्ता गठबन्धनको स्वार्थ र अमुक दलको सबलीकरणका लागि संविधानको धाराको व्याख्या गर्न नपाइने बताए ।  

स्थानीय तहको निर्वाचन बारे संविधानमा नै तोकिए पछि तल माथि गर्न सकिँदैन र मिल्दैन उनले भने । संविधानमा  संघ र प्रदेश स्थानीय तहला अलग अलग अस्तित्व सहित पाँच वर्षे अवधि तोकिएको र विगतको अनुभवको आधारमा संविधान मै स्थानीय तह कहिल्यै भंग नहुने र केन्द्रले चाहेर पनि भंग गर्न अधिकार समेत नराखिएको उले प्रष्ट पारे ।

साथै स्थानीय सरकार अविछिन्न उत्तराधिकारी वाला संंस्था भएकोले  एक निमेष पनि रिक्त हुने पकिल्पना संविधानमा भएको समेत उनले बताए । ‘रिक्त हुने परिकल्पना गरिएको भएसंविधानमा नै रिक्त भए के गर्ने भन्ने प्रावधान पनि हुन्थ्यो ।’, उनले भने । 

संविधानको धारा २२५ मा रहेको पालिकाको सभाको व्यवस्थालाई अन्य धाराहरु निष्कृय हुने गरी  व्याख्या गर्नु असंवैधानिक हुने धारणा पनि उनको रहेको छ । त्यसलाई प्रयोग गर्ने हो भने धारा २२० २१६ २१५ र आवधिक निर्वाचनलगायतका संविधानका धाराहरु निष्कृय हुन्छन् ।

विगतका तत्कालिन स्थानीय निकाय ऐनको दफा १३९ लाई सत्ता स्वार्थवश समातेर निर्वाचन नगर्दा १५ वर्र्ष कर्मचारी ले चलाएको स्मरण गर्दै भटराईले अहिले त्यस्तो रिक्तिताको परिकल्पना नगरिएको बताएका हुन् ।  

सत्ता गठबन्धनले अहिले भन्ने गरेको सबै चुनाव एकै पटक भन्ने कुरा केन्द्रीकृत शासन हो । गैर संवधानिक र लाजमर्दो भएको उनले बताए । तीन वटै तहको पदावधि फरक फरक मितिमा सकिने कुरा संविधानमा भएको तर्फ औंल्याउँदै उनले स्थानीय निकायको पदावधिक बढाउनै नपाईने बताए । 

‘व्यावहारीक हिसाबले पनि एकै पटक चुनाव गर्दा मतदाताले एकै पटक नौ वटा मत पत्रमा छाप लगाउनु पर्छ जसले उनिहरुको अन्तर मनको अभिव्यक्ति प्रकट गर्न सक्दैन’, उनको भनाइ छ । 
अध्यादेश ल्याएर स्थानीय निर्वाचन सार्न नसकिने समेत बताउँदै उनले स्थानीय निकायको पदावधि पहिलो चरणको निर्वाचन सकिएको मितिले पाँच वर्ष हुनेसमेत स्पष्ट पारे । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.