काठमाडौं । सत्ता साझेदारका लागि गठबन्धनमा रहेका दलहरुबीच एमसीसीको विषयलाई लिएर दूरी बढ्ने संकेत देखिएको छ ।
अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी एक महिनाभित्र पारित गर्नै पर्ने दबाब प्रधानमन्त्री शेरबहादुर देउवालाई छ ।
आइतबार बोलाइएको बैठकमा एमसीसीको प्रस्ताव राख्न प्रधानमन्त्रीले अनौपचारिक रुपमा सभामुख अग्नी सापकोटालाई अनुरोध गरेका थिए ।
तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनमा सहमति नभएको भन्दै एमसीसीको प्रस्ताव नराख्न सभामुखलाई भनेपछि सभामुख सापकोटाले प्रधानमन्त्रीलाई एमसीसीको प्रस्ताव नरहने बताएका थिए ।
प्रस्ताव नै नभएपछि के का लागि संसद बैठक भनेर प्रधानमन्त्रीले भनेपछि कोरोना संक्रमणको कारण देखाउँदै शनिवार नै १० दिन पर सर्ने गरि प्रतिनिधि सभानको बैठक स्थगीत भएको सूचना संसद सचिवालयले निकालिएको थियो ।
क्विक नेपालसँगको सहकार्यमा रहेको विश्वस्त स्रोतका अनुसार अबको एक महिनाभित्र एमसीसी पास गर्ने पर्ने चूनौती प्रधानमन्त्रीलाई छ ।
एमालेले त्यो हाम्रो विजनेस हैन भन्दै एमसीसी प्रति चासो दिएको छैन । यता माओवादीले केही बुँदाहरु संशोधन गरेर एमसीसी पास गर्न सकिेन बताउँदै आएको छ । नेपाली कांग्रेस भने एमसीसी जस्ताको तस्तै पास गर्नुपर्नेमा अडिग छ ।
नेपाली कांग्रेसको फाईदा उठाउँदै माओवादी केन्द्र र नेकपा एकीकृत समाजावादीले स्थानीय तहमा तीन दलको गठबन्धन कायम रहने हो भने मात्रै एमसीसी पास गर्न सहमत हुने नत्र केही समय पर धकेल्ने बताएपछि प्रधानमन्त्री देउवा तनावमा रहेको स्रोतको दाबी छ ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने कांग्रेसभित्रको आजाव ठूलो छ । प्रधानमन्त्री एक्लैले चाहेर गठबन्धन हुन सक्दैन ।
त्यस कारण पनि प्रधानमन्त्री देउवा तनावमा छन् । यता प्रचण्ड र नेपालले गठबन्धन चुनावसम्मै रहने भयो भने मात्रै एमसीसीजस्ताको तस्तै पास गर्ने पक्षमा रहेको बताइएको छ ।
नेपाली कांग्रेसले गठबन्धन लत्याएर नेकपा एमालेसँग सत्ता सहकार्य गर्न सकिने आधार समेत तय भएको स्रोतको दाबी छ । यदि एमसीसी सत्ता गठबन्धन दलले सहमतिमा पास गर्ने सम्झौता नभए यो गठबन्धन टुट्न सक्ने संकेत देखिएको छ ।