पूर्वसभासद थापाको निधन

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)का नेता डा दुमनिसिंह थापाको निधन भएको छ ।

अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो ।

केही समय अघि उनको मिर्गौला प्रत्यारोपण भएको थियो ।

एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । उनी मेगा बैंकका संस्थापक तथा पूर्व संचालक पनि हुन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.