बनेपा । चुनाव सार्ने षड्यन्त्र, खोपमा अनियमितता लगायतका विरुद्ध राष्ट्रिय युवा संघ नेपाल, काभ्रेले बनेपामा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।
सोमबार सरकारको विरोध गर्दै राष्ट्रिय युवा संघ नेपाल काभ्रेले बनेपामा मसाल जुलुस निकालिएको हो। युवा संघ काभ्रे अध्यक्ष सागर राइमाझीको नेतृत्वमा बनेपाको चार दोबाटोमा मसाल निकालिएको हो।
गठबन्धन सरकार ले जनविरोधी कामहरु र स्थानीय तहको निर्वाचन आलटाल गर्न खोजिएको भन्दै मसाल जुलुस निकालिएको युवा संघ अध्यक्ष राइमाझीले बताए।
यो सरकारबाट प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिनुपर्ने भन्दै उनको राजिनामा समेत माग गरिएको छ। जुलुसमा युवा संघले प्रधानमन्त्री देउवाको पुत्ला दहन समेत गरेको छ ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय नेता राकेश लामा र बिक्रम चौलागाईंको समेत बिशेष उपस्थिती थियो ।