काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार अनुसन्धानको कार्यालयमा मुद्धा दर्ता गरेको छ ।
२४ लाख खोप हराएको प्रतिवेदन स्वास्थ्य मन्त्रालयले निकालिएको थियो । त्यस लगतै युवा संघ नेपालले २४ लाख खोप मन्त्रीको मिलेमतोमा बिक्री भएको आरोप लगाउँदै अख्तियारमा कार्वाही र छानबिनको लागि मुद्धा दर्ता गरेको हो । संघले देशभर प्रदर्शन समेत जारी राखेको छ ।
