थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ५५८३ जनामा  कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार  १७६७४ जनामा नमुना परिक्षण गर्दा ५५८३ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी, हाल देशभरमा ७४६५३ जना  सक्रिय संक्रमित छन् । यस्तै, कोरोनाबाट थप ९ जनाको मृत्‍यु भएको छ ।

आज देशभरी ८२६७  जना संक्रमणमुक्त भएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.