शुरू भयो एमालेको केन्द्रीय सचिवालय बैठक 

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ ।

पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको बताइएको छ  ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल हुने एमालेले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.