काठमाडौं । नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं युवा नेता महेश बस्नेतले प्रधानमन्त्री देउवालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल लौरो न हतियार भएको बताएका छन् ।
स्थानीय तह निर्वाचन संवैधानिक व्यवस्था र उबको राजनीतिविषयक खुला बहस कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
मञ्चमा रहेका कांग्रेस नेता मिनेन्द्र रिजालतर्फ संकेत गर्दै उनले कांग्रेस अहिले प्रचण्ड र नेपाललाई छाडेर जाने कि एक्लै जाने भन्ने दोधारे अवस्थामा रहेको उल्लेख गर्दै बस्नेतले अवसरवादीहरुलाई बोकेर लोकतन्त्रको रक्षा गर्न नसकिने बताए ।
संविधान र लोकतन्त्र बचाउन आवधिक निर्वाचन सही दिशामा लैजानका लागि जेठ ४ गतेभित्र स्थानीय तहको निर्वाचन गर्नैपर्ने बस्नेतको भनाइ छ ।