काठमाडौं । नेकपा एमालेलाई संसदको अवरोध खुलाउन नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले आग्रह गरेका छन् ।
स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति विषयक खुला बहस कार्यक्रममा उनले संविधान जोगाउनका खातिर भएपनि संसद सुचार गर्न आग्रह गरेका हुन् ।
नेकपा एमाले र सभामुख अग्निप्रसाद सापकोटाबीचको विवादतर्फ संकेत गर्दै उनले सभामुखसँग चित्त नबुझेमा संविधान अनुसार अगाडि बढ्ने बाटो खुला रहेको स्मरण गराए ।
उनले सभामुख बेठिक छन् भने अहिलेसम्म संविधान अनुसार किन अगाडि बढ्नु भएन ? भन्दै प्रश्न पनि गरे ।