काठमाडौं । सत्तारुढ गठबन्धनका देउवा, दाहाल र नेपाल पुनः बैठकमा जुट्दैछन्।
बुधबार बिहान ११ बजेदेखि एक घण्टा बालुवाटारमा छलफल गरेका तीन नेताहरु अहिले पुनः बालुवाटारमा जुट्दैछन्।
तीन नेताबीच स्थानीय तहको निर्वाचन, एमसीसीको विषयमा फेरि छलफल हुने भएको छ।
प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने अडान लिइरहेका छन्। उनले गठबन्धनसँग छलफल नगरी स्थानीय निर्वाचन आगामी जेठ ४ गते गर्ने भनेपछि सदस्य दलहरु सशंकित छन् ।
प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने अडान लिएर प्रक्रिया अघि बढाउन चाहिरहँदा प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल संशोधन नगरी एमसीसी पास गर्न नहुने पक्षमा छन् ।