काठमाडौं । नुवाकोटका किरण गजुरेललाई प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ मा नियुक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले गजुरेललाई ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ मा मङ्गलबार नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रियछन् ।