मन्त्रिपरिषद् बैठक अनिश्चित 

काठमाडौं । मन्त्रिपरिषदको बैठक अनिश्चित भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले मन्त्रिपरिषदको बैठक आज नबस्ने बताएपछि मन्त्रिपरिषदको बैठक अनिश्चित भएको हो । 

 बिहिबार मन्त्रिपरिषद बैठक बसेर निर्वाचनको मिति घोषणा हुने अनुमान थियो ।


मंगलबार निर्वाचन आयोगका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति तोक्ने बताएका थिए । आयोगले ०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको थियो । 


आयोगले प्रस्ताव गरेको मितिमा आवश्यक प्रक्रिया पुर्‍याएर मिति घोषणा गर्न सकिने बताएका थिए । तर आजको मन्त्रिपरिषद बैठक अनिश्चित भएपछि निर्वाचनको मिति तोक्न पनि बिलम्ब हुने भएको छ । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.