काठमाडौं । प्रहरीले यात्रुको मलद्वारबाट एक केजी सुन बरामद गरेको छ । युएईबाट काठमाडौंमा उत्रिएका एक यात्रुको मलद्वारबाट सो सुन बरामद गरेको हो ।
बुधबार त्रिभुवन विमानस्थल उत्रिएका सिन्धुपाल्चोकको भोटेकोशीका ३९ वर्षीय दावाछिरिङ शेर्पाले अर्ध ठोस बनाएर सुनलाई मलद्वारमा लुकाएर ल्याएको प्रहरीले बताएको छ ।
विमानस्थल प्रहरीका अनुसार शेर्पाको साथबाट एक केजी ५५ ग्राम सुन बरामद भएको छ ।
यसैगरी यूएईबाट आएका अन्य दुईजना यात्रुको साथबाट पाँचवटा आइफोन १३ प्रो म्याक्स बरामद भएको पनि प्रहरीले जनाएको छ ।