काठमाडौं । सभामुख अग्नी सापकोटाको विषयलाई लिएर संसददेखि सरकार र विपक्षी पार्टीमा समेत चर्चा चुलिएको छ ।
सरकारबाट उनीविरुद्ध महाअभियोग प्रस्ताव हुनसक्ने आशंका भइरहेको बेला सभामुख सापकोटाले भने नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसामु आफ्नो एउटा इच्छा प्रकट गरेका छन् ।
उनले आफ्नो छोरा रुपक सापकोटालाई चीनको राजदूत बनाउने इच्छा प्रचण्डसामु अपिल गरेका हुन् ।
'मेरो विषयमा धेरै चर्चा भइरहेको छ । बरु म सभामुखबाट हट्न तयार छु । तर मेरो छोरा रुपक क्यापेबल पनि छन् । उनलाई हाम्रो पार्टीको कोटाबाट चीनको राजदूत बनाउनु पर्यो ।'
उनले प्रचण्डलाई भनेका कुरा उदृत गर्दै पूर्व मन्त्रीसमेत रहेका मओवादीका एक केन्द्रीय सदस्यले क्विक नेपाललाई बताए ।
विभिन्न देशमा खालि भएको राजदूत नियुक्ती गर्न सत्तारुढ गठबन्धनले गहृकार्य जारी राखेको छ । दुईहप्ताभित्र राजदूत नियुक्ती गरिसक्ने गरि दलिय भागबण्डामा गठबन्धन लागेको छ ।
माओवादीले पाउने कोटाबाट आफ्नो छोरालाई चीनको राजदूत बनाउन सभामुख सापकोटाले इच्छा राखेका हुन् ।
सापकोटाले इच्छा प्रकट गरेपछि प्रचण्डले त्यसको संभाव्यता बुझ्न प्रधानमन्त्री देउवलाई नाम पेश गरेको बुझिएको छ ।
प्रधानमन्त्री देउवाले अरु मन्त्री र नेता जसको छोरा वा आफन्तको नाम ल्याउनुस् तर यतिखेर सभामुखको छोराको नाम नल्याउनु भन्दै ठाडै अस्विकार गरेको बताइएको छ ।