फागुन १ बाट स्मार्ट लकडाउन हटाउने तयारी, रात्रीकालिन व्यवसाय र सिनेमा हल खुल्ने 

काठमाडौं। सरकारले फागुन १ गतेबाट स्मार्ट लकडाउन हटाउने तयारी गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपाल भित्रिएसँगै सरकारले स्मार्ट लकडाउन शुरु गरेको थियो । स्मार्ट लकडाउन शुरु हुदाँ सवारी साधनमा सरकारले जोर विजोर प्राणली शुरु गरेको थियो ।

त्यसको दुई दिन लगतै निजी सवारी साधनमा जोर विजोर हटाएर सार्वजनिक गाडीमा मात्र कायम गर्दै आएको छ ।  पछिल्लो समय ओमिक्रोनको संक्रमण दर कम हुँदै गएपछि सरकारले स्मार्ट लकडाउन हटाउने वारे छलफल शुरु गरेको हो ।

ओमिक्रोनको संक्रमण दर बढेको अवस्थामा पनि अस्पतालहरुमा विरामीको चाप सामान्य नै रहेपछि सरकार स्मार्ट लकडाउन हटाउने वारे अगाडी बढेको हो । अहिले संक्रमण हुनेको संख्या भन्दा बढि निको हुनेको संख्या बढिरहेको छ ।

फागुन १ गतेबाट २५ जना मात्रै भौतीक रुपमा उपस्थित हुने प्रावधान समेत हटाउने सरकारको तयारी छ । सिसिएमसीले पनि स्मार्ट लकडाउन हटाउनु पर्ने भन्दै सरकारलाई विभिन्न योजनाहरु सिफारिस गर्ने तयारी गरेको छ । 

शिक्षा मन्त्रालयले फागुन १ बाटै सबै विद्यालय खोल्नेगरि तयारी थालेको छ । शुक्रवार नै शिक्षा मन्त्रालयको नेतृत्वमा त्यसवारे प्रधानमन्त्रीसँग छलफल शुरु भएको छ । विभिन्न विश्व विद्यालयहरुको परिक्षाको मिति समेत फागुन दोश्रो हप्ताबाट हुने गरि सूचना सार्वजनिक भइसकेको छ । 

सरकारले रात्रिकालि व्यवसाय, सिनेमा हल, ब्याङ्क्वैटलगायतका ठाउँहरु पनि खुल्ने गरि स्मार्ट लकडाउन हटाउन लागेको हो । सरकारले स्मार्ट लकडाउन हटाएपनि स्वास्थ्य मापदण्ड भने कायम नै रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.