काठमाडौं । एसियाली मुलुक चीनको बेइजिङमा २४औं शीतकालिन (विन्टर) ओलम्पिक आज (शुक्रबार)बाट औपचारिक रुपमा सुरु हुँदै छ ।
२४औँ ओलम्पिक खेलुकदको उद्घाटन समारोहमा कूल ९७ मुलुकको प्रत्यक्ष उपस्थितिका माझ चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ समयअनुसार राति ८ बजे खेलको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।