काठमाडौं । शैक्षिक संस्था फागुन १ गतेदेखि देशभर खोल्ने तयारी भएको छ । सरकारले देशभर कोरोना संक्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको हो । स्थानीय तहले नै आफ्नो क्षेत्रको संक्रमणको अवस्था हेरेर विद्यालय खोल्न सक्ने छ ।
आज शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री कार्यालय, संघीय मामिला मन्त्रालय, अभिभावक संघ, सीसीएमसीसीका पदाधिकारीहरूबीच छलफल भएको थियो । स्थानीय तहलाई नै अवस्था हेरेर विद्यालय खोल्न दिनेबारे छलफल भएको जनाइएको छ ।
केही स्थानीय तहले विद्यालय खोल्ने निर्णय गरिसकेका छन् ।