काठमाडौं । सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पुर्याउनका लागि खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीतिमा पुग्नु परेको सरकारले धारण स्पस्ट पारेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रका अनुसार यस्तो निती नहुँदा सबैले खोपको प्रयोग नगर्ने र यस्तो निती लागुहुने भएपछि सर्वसाधारण सबैले अनिवार्य रुपमा खोप लगाउने भएपछि सरकारले यस्तो निती बनाउनु परेको हो ।
यसो गर्दा देशका सबै नागारिहरु कोभिड विरुद्धको खोपको दायरामा ल्याउन सकिने पनि उनले बताइन । सरकारले यस्तो निती बनाएपछि खोप लगाउनेको भिड लाग्न थालेको उनको भनाइ छ ।
यस विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न र कोभिड खोप लगाउन सबै नागरिकलाई पटक पटक अपिल गर्दै आएको छ । प्रवक्ता मिश्रले त्यसका लागि खोपको अभाव भने नहुने बताएकी छिन । ।