काठमाडौं । श्रमजीवी, व्यावसायिक र प्रगतिशील पत्रकारहरुको अग्रणी सङ्गठन प्रेस चौतारी नेपालले आफ्नो स्थापनाकालको २३ बर्ष पुरागरि २४ बर्षमा प्रबेश गरेको अवसरमा २४ औँ स्थापना दिवस मनाएको छ ।
विसं २०५५ मङ्सिरमा अनौपचारिक रुपमा सुरु भएको प्रेस चौतारीले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा औपचारिकता पाएको थियो । सोही दिनको स्मरणमा आज चौतारीले देशभर स्थापना दिवस मनाएको हो । केन्द्रिय समितिले भने केक काटेर स्थापना दिवस मनाइएको छ ।

'समृद्व नेपाल निर्माणका लागि सवल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार' भन्ने मुल नाराका साथ प्रेस चौतारी नेपालले राजाधानीमा स्वास्थ्य मापदण्डसहित एक कार्यक्रमको आयोजना गर्दै २४औं स्थापना दिवस मनाएको हो ।
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको प्रमुख अतिथ्यतामा सम्पन कार्यक्रमले २०७७ र २०७८ को पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णयसहित पुरस्कृत हुनेहरुको नाम पनि घोषणा गरिएको छ ।

हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ लगायत पुरस्कारहरु १० जनालाई वितरण गर्ने चौतारीले निर्णय गरेको छ । पुरस्कार पाउनेमा चौतारीका सस्थापकदेखी पुर्व अध्यक्ष र कृयाशिल पत्रकारसम्म परेका छन् । जसमा पुर्व अध्यक्षहरु गगन बिष्ट र राजेन्द्र अर्याललगायतका छन् ।

पत्रकारिता क्षेत्रमा पत्रकारको अधिकारलाई लिएर अग्रणी रुपमा भूमिका खेल्दै आएको प्रेस चैतारी नेपाल श्रमजीवी पत्रकारहरुको पक्षमा रहेको अध्यक्ष गणेश बस्नेतले बताएका छन् । देशभर ५० बढी जिल्ला शाखाहरुसहित केन्द्रीय समितिले स्थापना दिवस मनाएको प्रेस चौतारी नेपालले जनाएको छ ।
कार्यक्रममा नेकपा एमाले प्रचार विभाग उप प्रमुख बिष्णु रिजालसहित नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष महेन्द्र बिष्ट, चौतारीका सस्थापक सचिव प्रमोद दाहाल, सस्थापक सदस्य टंक पन्त, पुर्व अध्यक्ष गगन बिष्ट, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, न्युनतम पारश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, पत्रकार महासंघका उपाध्यक्ष रमेश बिष्ट, फोनिजका संघीय अध्यक्ष डण्ड गुरुङलगायतको उपस्थिती रहेको छ ।

प्रेस चौतारी नेपालको लुम्बिनी बैठकले माघ २२ गते पोखरामा राष्ट्रिय महाधिबेशन गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण बढ्दै गएपछी लागु भएको स्मार्ट लकडाउनको कारण महाधिबेशन स्थगित भएको थियो ।
फागुनको मसान्तसम्ममा राष्ट्रिय महाधिबेशन सम्पन्न गर्ने प्रेस चौतारी नेपालले जनाएको छ । स्थापना दिवसको दिनमा नाम घोषणा गरेका पुरस्कृत हुने पत्रकारहरुलाई राष्ट्रिय महाधिबेशनमा पुरस्कार वितरण गर्ने चौतारीले बताइएको छ ।

प्रेस चौतारी नेपालले घोषणा गरेको पुरस्कार
हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरष्कार
२०७७- राजेन्द्र अर्याल (पूर्व अध्यक्ष)
२०७८- गगन विष्ट (पूर्व अध्यक्ष)
अग्निशिखा पत्रकारिता पुरष्कार
२०७७- कृष्णविनोद लम्साल
२०७८- झलक सुवेदी
डेकेन्द्र थापा पत्रकारिता पुरष्कार
२०७७- सागर पण्डित (राजधानी दैनिक)
२०७८- हिरा परियार (पश्चिम रूकुम)
वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरष्कार
२०७७- केपी गौतम (गोरखापत्र)
२०७८- अनुप तिवारी (पर्सा)
चन्द्र न्यौपाने- शान्तिराम कार्की पत्रकारिता पुरष्कारशान्ति गुरूङ (पूर्व उपाध्यक्ष)
पदमलक्ष्मी-सावित्री स्मृति पत्रकारिता पुरष्कार
२०७७- अब्दुल्ला मियाँ (काठमाडौं)
२०७८- शिवराज भट्ट (कैलाली)