काठमाडौं । अहिले अमेरिकी सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालबाट पास गर्नुपर्ने विषयमा खरो बहस भइरहेको छ ।
यस विषयमा सत्तागढबन्धनभित्र विवाद बढेको हो । सरकारका पक्षबाट अमेरिकी परियोजना संशोधन नगरीपास गर्नुपर्छ भन्ने विषय उठेको छ । आगामी फाल्गुण १६ गतेभित्र एमसीसी पारित गर्नुपर्छ भन्ने पत्र सार्वजनिक भएको बेला प्रतिपक्ष दलले असहमती जनाउन थालेका छन् ।
यदि नेपालबाट एमसीसी पास गरेमा गढबन्धन टुटाउने प्रतिपक्ष दलका नेताहरुको धारण छ । यसैसन्र्दभमा माओवादी केन्द्रका केन्द्रीय सदस्य लीलामणि पोखरेल स्पष्ट शब्दमा भने, ‘एमसीसी पारित गराउनका लागि गठबन्धन कायम राख्नुपर्छ भने पनि छैन ।
यदि एमसीसी पारित नहुनका लागि गठबन्धन टुट्नुपर्छ भने टुटोस्, त्योसँग मतलब छैन ।’ खास गरी नेपालको तर्फबाट माओवादी केन्द्र र नेकपा एकीकृतले एमसीसी सम्झौता संशोधन गर्नु पर्ने माग पटक–पटक राखिरहेका छन् ।