काठमाडौं । गृहमन्त्रालयले अनुदान ( आर्थिक सहायता) का लागि लागु औषध उपचार तथा पुनस्र्थापना केन्द्रका लागि सुचना प्रकाशित गरेको थियो ।
मन्त्रालयले लागु औषध तथा उपचार पुर्नस्थापना केन्द्रलाई प्रोत्साहन स्वरुप अनुदान प्रदान गर्नका लागि सुचना प्रकाशित गरेको हो । मिति २०७८/०८/ २१ मा गोरखापत्रबाट सुचना प्रकासित गरेपछि मन्त्रालयमा ६ वटा केन्द्रबाट आवेदन प्राप्त भएका थिए ।
उक्त आवेदन परेका लागु औषध तथा उपचार तथा पुर्नस्थापना केन्द्रलाई प्रदान गरिने अनुदान वितरण कार्यविधि वि.स २०७७ को दफा ९ बमोजिमको छनोट समितिको सिफारिस अनुसार माघ १७ मा बसेको सचिवालय स्तरीय निर्णय अनुसार दूईवटा केन्द्रहरु छनोमा परेका छन् ।
