काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् ।
सिंहदरबारमा मन्त्री खाँणले आज २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरेका हुन् ।
उक्त कार्ययोजनामा गाँजाको खेती र प्रयोगको मापदण्ड बनाउने , स्थानीय तहबाट नै नागरिकता वितरण गर्ने, योजना रहेका छन ।
गाँजाको औषधि प्रयोजनका लागि ६ महिनाभित्र कार्यविधि तयार गर्ने मन्त्रालयको तयारी छ । अहिले नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले यसबारे काम गरिरहेको छ ।
अध्यागमन नीति तर्जुमा गरेर पछिमात्र यो नीति तय लागु गर्ने मन्त्रालयको योजना रहेको छ । गृह मन्त्रालयले निश्चित मापदण्ड पुरा गरेर स्थानीय तहबाटै नागरिकता वितरण गर्ने योजना बनाएको छ ।
यसैगरी प्रहरीको सरुवा र बढुवामा पनि नयाँ मापदण्ड तयार गर्ने मन्त्रालयको योजनाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्ने योजना सार्वजनिक गर्दै लागुऔषध नियन्त्रणका लागि पनि हरेक जिल्लामा लागुऔषध सचेतना केन्द्र सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको छ