काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३६५ जनाको नमुना परीक्षण भएको थियो ।
सोही अवधिमा ६ हजार १४६ जना निको भएका छन् भने सोही अवधिमा १३ जनाले ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय संक्रमित ४० हजार १११ जना रहेका छन् ।